२०८१ बैशाख १५, शनिबार    

हेटौंडा उपमहानगरको बजेट पास

२०८० असार १६, शनिबार १६:१३ बजे

हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट पास भएको छ ।

शनिबार बसेको हेटौंडा उपमहानगरपालिकाको १३ औं नगरसभाको दोस्रो वैठकले आगामी आवको कुल २ अर्ब ६८ करोड ६० लाख १० हजार ८ सय रुपैयाँ बजेट पारित गरेको हो । नगरसभाले आर्थिक विधेयक २०८० विनियोजन विधेयक २०८० सर्वसम्मतरुपमा पारित गरेको प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार नगरसभाले २०७९/०८० मा सम्पन्न भएको योजनाको अनुमोदन तथा अवकास प्राप्त कर्मचारीको उपदान, विदा तथा औषधपचार खर्चको अनुमोदन सर्वसम्मतरुपमा गरिएको छ ।