२०८१ बैशाख १६, आईतबार    

तालिमको समापनमा मेसिन हस्तान्तरण

२०८० असार १९, मंगलबार १९:४५ बजे

हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)को समिक्षासहित सीप विकास तालिमाको समापन गरिएको छ ।

मेड्पा कार्यक्रमअन्तर्गत् चालु आर्थिक बर्ष २०७९/०८० मा विभिन्न क्षेत्रमा सञ्चालन भएको सिलाई कटाइका आधारभूत तथा एड्भान्स कोर्षमा सहभागीलाई मंगलबार हेटौंडा उपहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

तालिममा सहभागी भएका लघु उद्यमिहरुलाई सिलाई मेसिन हस्तान्तण गरिएको थियो । तालिमको समिक्षा तथा समापनमा नगर प्रमुख लामाले स्थानीय सरकारले स्वरोजगारीका लागि गरेको लगानीलाई खेर जान नदिन आग्रह गरिन । लामो समय लगाएर सीप सिकेपछि व्यवहारमा उतार्दै आर्य आर्जनमा जोडिन जरुरी रहेको उनले औंल्याइन् ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमले वर्षमा १९० जना महिलाहरुलाई रोजगारीको अवसर दिने गरी उपमहानरमा काम भइरहेको छ ।