२०८१ जेठ ४, शुक्रबार    

मकवानपुर कांग्रेसमा बानियाँको स्थान लिँदै लामिछाने

२०७८ माघ २०, बिहीबार ११:२६ बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरको बागडोर आज विहीबारबाट उपसभापति विष्णु लामिछानेले सम्हाल्ने भएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट तत्कालिन मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ वाग्मती प्रदेश सभापतिमा निर्वाचित भएसँगै जिल्लाको नेतृत्व लामिछानेको हातमा आइपुगेको हो । अघिल्लो हप्ता बानियाँको अध्यक्षतामा बसेको कांग्रेस मकवानपुरको वैठकले कार्यबाहक सभापतिको जिम्मेवारी लामिछानेलाई सुम्पिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज दिउँसो १ बजे कांग्रेस पार्टी कार्यालयमा लामिछानेलाई कार्यबाहक सभापतिको रुपमा पदास्थापित गरिने भएको छ ।

कांग्रेस मकवानपुको नयाँ सभापति चयन नहुँदासम्म लामिछानेले सभापतिको भूमिका निर्वाह गर्नेछन् । कांग्रेसको जिल्ला अधिवेशनको मिति भने तय भएको छैन । यसअघि तोकिएको दुईवटै अधिवेशन मिति अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।