२०८१ बैशाख २०, बिहीबार    

परमादेश सरकारलाई जनादेशबाटे हटाउँछौं : ओली

२०७९ बैशाख १८, आईतबार १७:४३ बजे

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने दावी गरेका छन् ।

हेटौंडामा आइतबार मे दिवसको सन्दर्भ पारेर आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले अहिलेको गठबन्धन सरकार परामेदशबाट निर्माण भएको टिप्पणी गरे । ‘हामी परामदेशको जवाफ जनादेशबाट दिन्छौं । हामी जनमतबाटै तीन तहको सरकार बनाउँछौं ।’, उनले देशभर एमालेमा देखिएको उत्साहका कारण सत्तागठबन्धन आतंकित भएको टिप्पणी गरे । ‘स्थानीय तहको निर्वाचन नजिकिरहँदा हाम्रा कार्यकर्तामा उत्साह भरिएको छ । हामीलाई सिध्याउन निर्माण भएको गठबन्धन त्रसित अवस्थामा पुगेको छ ।’

ओलीले कांग्रेसप्रति टिप्पणी गर्दै भने,‘कांग्रेसको देश बनाउने नीति नै छैन । एमालेलाई धारे हात लगाउने मात्र हो ।’ कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेर जारी गरेको घोषणा पत्रमा आफ्नो नाम ४२ ठाउँमा लेखिएको उनले बताए । ‘कांग्रेसको घोषणापत्रमा कांग्रेस सभापतिको नाम ८ ठाउँमा मात्र छ । मेरो नाम ४२ ठाउँमा छ । १०८ ठाउँमा हुनुपर्ने थियो ।’, उनले कार्यकर्तालाई वैशाख ३० गतेको निर्वाचनमा सत्ता गठबन्धनलाई पछारेर मात्र निदाउन आग्रह गरेका छन् ।

अहिलेका लडाईं नेकपा एमाले र गठबन्धनबीचक मात्र भएको उनले टिप्पणी गरे । ‘अहिले देशमा जे जति दल दर्ता भएपनि एमाले र गठबन्धनवीचको मात्र लडाईं हो । यो लडाईं नेपाल जोगिने कि नजोगिने भन्ने पनि हो ।,’ उनले अब देशमा कहिल्यै नाकाबन्दी नहुने समेत स्पष्ट पारे । ‘हाम्रो सरकारले चीनतर्फको बाटो खोलेको छ । जसका कारण अब हामी चौतर्फी घेराबन्दीबाट मुक्त भएका छौं । अब देशमा कहिल्यै नाकाबन्दी हुँदैन ।’, उनले थपे ।