२०८१ बैशाख २०, बिहीबार    

सरकारका विरुद्ध एक हुल लागेका छन् : प्रचण्ड

२०८० भाद्र २४, आईतबार १५:४९ बजे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएसँगै सरकारले भ्रष्टाचार, वेथिती र कुशासनका विरुद्ध अभियान सञ्चालन गरेसँगै आफूविरुद्ध एक समूह लागेको आरोप लगाए ।

हेटौंडामा भएको समाजवादी मोर्चाको वाग्मती प्रदेशस्तरी सन्देश सभालाई सम्बोधन गर्दै उनले भने,‘सरकारको विरुद्ध एक खालको दबाब महसुस भइरहेको छ ।’, प्रधानमन्त्री दाहालले परिवर्तनको रक्षा र समाजवादी अभियानलाई अगाडि बढाउन समाजवादी मोर्चा गठन भएको बताए ।

उनले आफूविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धा सामान्य नभएको टिप्पणी गरेका छन् । उनले आफू प्रधानमन्त्री भएपछि पटक पटक कार्यकारी विरुद्ध अदालतमा मुद्धा परेकोभन्दै चिन्ता व्यक्त गरे ।