२०८१ बैशाख १९, बुधबार    

पदमपोखरीमा ७३ जना कांग्रेसमा प्रवेश

२०८० श्रावण २६, शुक्रबार १४:४७ बजे

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ का दुई टोलका विभिन्न पार्टी परित्याग गरी ७३ जना शुक्रबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस हेटौंडा १२ का सभापति सुदर्शन लामाको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा पल्ज लामाको नेतृत्वमा घिसिङ टोल र बल टोलका ७३ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेता बानियाँले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै योग्यता, क्षमता र योगदानको आधारमा पार्टीमा उचित स्थान दिने बताउँदै कांग्रेस पार्टीमा नयाँ र पुरानाबीच विभेद नहुने र सबैलाई सम्मान व्यवहार गर्ने बताए । 

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्य एवं मकवानपुर प्रतिनिधि कैलाश कोइराला, जिल्ला सदस्य अर्जुन तिवारी, प्रदेश क्षेत्रीय सभापति एवं हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, प्रदेश क्षेत्रीय सचिव प्रदिप कंडेल, प्रदेश क्षेत्रीय कोषाध्यक्ष गिता न्यौपाने, तरुण दल केन्द्रीय सदस्य गुरुप्रसाद दाहाल, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य मिलन पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।