२०८१ बैशाख १५, शनिबार    

नारायणी मलमा सुपर मार्केट सञ्चालनको तयारीमा

२०७९ असार १३, सोमबार १७:५५ बजे

हेटौंडा ४ मा रहेको नारायणी मलमा भुटनदेवी सुपर मार्केट सञ्चालन हुने भएको छ ।

मलको ग्राउण्ड फ्लोरमा सञ्चालन हुने सुपर मार्केट असार १५ गते ग्राण्ड ओपनिङको तयारीमा रहेको सञ्चालक नवराज आचार्यले बताए । हेटौंडा बजारको मध्येभागमा रहेको नारायणी मलमा सुपर मार्केट सञ्चालन गरे उपभोक्ताहरुलाई सहज वातावरण सिर्जना हुने उनी बताउछन् ।

उद्घाटनको दिन सामान खरिदमा १० प्रतिशत छुट सहित विभिन्न सामान फ्रि रहेको बताउदैं सञ्चालक आचार्यले हरेक सामान खरिदकर्तालाई धोनी सावुन फ्रि रहने बताए । सुपर मार्केटको मेम्बरलाई मलमा सञ्चालित डाइन एण्ड वाइन रेष्टुरेन्टमा, नारायणी मल्टी ब्राण्ड पसलमा १० प्रतिशत छुट रहने आचार्यले बताए ।

त्यस्तै, होटल सामनाको रेष्टुरेन्टमा १० प्रतिशत छुट हुनका साथै नारायणी मलमा सञ्चालित कलिउड सुपर डान्स एण्ड फिटनेस प्रालिमा भर्ना निशुल्क रहने बताए । मेम्बर बनेपछि धेरै फाइदा हुनुका साथै ओपनिङको समयमा १० प्रतिशत छुटमा सामान खरिद गर्न सकिने सञ्चालक आचार्यले बताए ।