२०८१ बैशाख १४, शुक्रबार    

सुन्दर सहकारीमा पुनः नकर्मी

२०७९ पौष ३०, शनिबार १६:५४ बजे

सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडाको अध्यक्षमा पुनः शम्भु नकर्मी सर्वसम्मतरुपमा चयन भएका छन् ।

संस्थाको शनिबार भएको १४ औं साधारणसभाबाट उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । समिति उपाध्यक्षमा गोपालबहादुर थापा, सचिव सविन न्यौपाने, कोषाध्यक्ष दीपक देवकोटा तथा सदस्यहरुमा अर्जनु डंगोल, इन्द्रमोक्तान, निर्मला सुवेदी, कुमार अधिकारी तथा विश्वनाथ ढकाल चयन भएका छन् । भेलाले ऋण समिति सदस्यमा पशुपति रिजाल र बुद्धिप्रसाद पौडेल तथा लेखा समितिमा एसीस रिजाल, सुनिता नकर्मी र शैलेन्द्र देवकोटालाई चयन गरेको छ ।

नकर्मीको अध्यक्षतामा भएको भेलामा सहकारी बोर्ड वाग्मती प्रदेश उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

भेलामा जिल्ला समन्वय समिति सदस्य तारा ढुंगाना, हेटौंडा–२ अध्यक्ष विष्णुगोपाल महर्जन तथा ओम वृद्धाश्रम अध्यक्ष सिद्धीलाल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सचिव सविन न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।