२०८१ बैशाख १६, आईतबार    

प्रदेश उद्योग परिसंघ अध्यक्षमा पोखरेल चयन

२०८० आश्विन २०, शनिबार १९:५२ बजे

बागमती प्रदेश उद्योग परिसंघको अध्यक्षमा लेखराज पोखरेल चयन भएका छन् । शनिबार हेटौंडामा भएको परिसंघको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ समिति निर्माण भएको हो ।

परिसंघको वरिष्ठ उपाध्यक्षमा त्रिलोचन कँडेल, उपाध्यक्षमा स्वागतराज प्याकुरेल, दिवस न्यौपाने र सूर्यप्रसाद न्यौपाने तथा सदस्यमा बद्रिनाथ शर्मा, सुयशराज पराजुली, श्रीहरि मास्के, धिरजकुमार कार्की क्षेत्री, शरद्चन्द्र भट्टराई, शिरोमणि प्याकुरेल, सृजन कोइराला, राजेन्द्र रिजाल, महेन्द्रबहादुर बानियाँ, दिवश चौलागाई र सुदर्शन अधिकारी रहेका छन् ।

परिसंघको पदेन सदस्यमा सिन्धुलीका बलराम अधिकारी, नुवाकोटका राजाराम अधिकारी, महिला उद्यमी मञ्चमा चन्दना कोइराला र युवा उद्यमी मञ्चमा अमर घिमिरे रहेका छन् ।

यसैगरी बागमती प्रदेश महिला उद्यमी मञ्चको संयोजकमा चन्दना कोइराला चयन भएकी छिन् भने सदस्यमा सृजना सोती, कविता श्रेष्ठ, सविना सडौला र सीता धिताल अधिकारी रहेका छन् ।

बागमती प्रदेश युवा उद्यमी मञ्चको संयोजकमा अमर घिमिरे चयन भएका छन् भने सदस्यमा सुरेन्द्र कार्की, रविन पोखरेल, सरोज अधिकारी, विजय अधिकारी, दिनेश डंगोल, अनिष पौडेल र आश्विन गोले चयन भएका छन् । परिसंघका अध्यक्ष भेषराज दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको प्रमुख आतिथ्यता रहेको थियो ।