२०८१ बैशाख १३, बिहीबार    

तालमेलका लागि कार्यदल बनाउने सत्ता गठबन्धनको निर्णय

२०७९ श्रावण २०, शुक्रबार १२:३८ बजे

सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ।  शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको नेकपा एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसालले जानकारी दिए । 

 

उनका अनुसार आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुङ्ग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको छ । कार्यदलमा को-को बस्ने भन्ने दलहरूले आन्तरिक छलफल गरेर टुङ्ग्याउने भएका छन् ।

बैठकले सरकारले हिजो चुनावको मिति घोषणा गरेकोमा स्वागत गर्दै सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आजबाट हुने जापान भ्रमणका लागि शुभकामना दिएको छ । बैठकका निर्णयहरू विज्ञप्तिमार्फत सार्वजनिक गर्ने नेता भुसालले जानकारी दिए ।