२०८१ बैशाख २०, बिहीबार    

युवा संघ भीमफेदीमा पुनः बादल

२०८० आश्विन १४, आईतबार १९:४५ बजे

राष्ट्रिय युवा संघ नेपाल भीमफेदी गाउँपािलका कमिटीको अध्यक्षमा पुनः बादल सिलवाल चयन भएका छन् ।

कमिटीको दोस्रो अधिवेशनले पुनः सिलवालको अध्यक्षतामा २९ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल भीमफेदी गाउापालिका कमिटी सर्वसम्मत चयन गरेको हो ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य प्रकाश लामाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा सुदिप चिमरीया सचिव भोलाराम शिकारी उपसचिव सन्तोष घाग मगर उपसचिव सुविना लामा कोषाध्यक्ष पवन खड्कालगायत २९ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको हो ।