२०८१ बैशाख १७, सोमबार    

मेयर कपको सेमिफाइनल समिकरण पूरा

२०८० जेठ २३, मंगलबार २०:२८ बजे

मेयर कप फुटबल प्रतियोगिता–२०८० अन्तर्गत् मंगलबार सेमिफाइनल समिकरण पूरा भएको छ ।

हेटौंडा–५,क्याम्पाडाँडामा भएको अन्तिम आठको खेलमा विजयीहुँदै १५ र १३ नम्बर वडा अन्तिम चारमा पुगेका हुन् ।

हेटौंडा १५ ले १९ नम्बरलाई टाइब्रेकरमा ४–२ र हेटौंडा १३ ले २ लाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको म्यान अफ दी म्याच १५ नम्बर वडाका गोलरक्षक निर्मल लो भएका थिए । खेलको १६ मिनेटमा २ नम्बरको तर्फबाट विज्ञान राजबाहकले गोल गरेका थिए ।

विजयी पदमपोखरीको तर्फबाट सुनिल थिङले २८ र ५६ औं मिनेटमा गोल गरेका थिए । पदमपोखरीको तर्फबाट खेलका म्यान अफ दी म्याच स्यामुल सुनुवारले ३९ औं मिनेटमा १ गोल गरेका थिए ।