२०८१ बैशाख १३, बिहीबार    

प्रदेश खेलकुदको तयारी अन्तिम चरणमा

२०८० जेठ २, मंगलबार १७:०९ बजे

 

दोस्रो वाग्मती प्रदेश खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जेठ ७ गतेबाट सुरु हुने प्रतियोगिताको तयारी अन्तिममा पुगेको जनाएको छ ।

 प्रतियोगितामा १३ खेलमा २ सय १९ स्वर्णका लागि प्रदेशका १३ जिल्लाबाट २ हजार ५ सय २ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । मकवानपुर जिल्लामा ९ खेल खेलाइँदैछ भने एउटा खेल चितवन, एउटा ललितपुर र २ वटा काठमाडौंमा खेलाइने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जेठ ७ गते उद्घाटन हुने प्रतियोगिताको विषयमा मंगलबार सामाजिक विकास मन्क्री कुमारी मोत्तानको अध्यक्षतामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो । प्रतियोगिताअन्तर्गत हेटौंडा–६ स्थित गौरिटार रंगशालामा महिला फुटबल हुनेछ । पिप्ले क्याम्पा रंगशालामा पुरुष फुटबल र एथ्लेटिक्स हुनेछ ।

प्रतियोगिता आयोजनाका लागि ९ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । सामाजिक विकास मन्क्री कुमारी मुत्तानले बागमती प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको बताइन् ।