२०८१ बैशाख १५, शनिबार    

विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगिता हुने

२०८० भाद्र २८, बिहीबार १७:५७ बजे

कृष्ण आदर्श ईङलिस बोर्डिङ स्कुलको आयोजनामा हेटौंडामा प्रथम अन्तर विद्यालय जुनियर तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

विहीबार विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी भदौ २९ र ३० गते हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन केसीले राष्ट्रिय तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा संस्थागत र सामुदायिक विद्यालयका २० वटा विद्यालयका २ सय भन्दा बढी विद्यार्थीको सहभागीता रहने बताए ।

‘विद्यार्थीहरुको भौतिक विकासको लागि खेलकुदले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । पढाइसँगसँगै समाज परिवर्तन खेलले पनि गर्दछ ।’ उनले भने –‘बालबालिकाहरुलाई अतिरिक्त कृयाकलापमा सहभागि गराएर शारिरीक रुपमा स्वस्थ बनाउने उदेश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागेका हौँ ।’

प्रतियोगिता सञ्चालनका लागि करीब ३ लाख लागत लाग्ने प्रतियोगिताका संयोजक रोशिक श्रेष्ठले जानकारी दिए ।