२०८१ बैशाख २०, बिहीबार    

फुटबल संघ महासचिवमा सुवेदी मनोनित

२०७९ बैशाख १३, मंगलबार १४:०० बजे

जिल्ला फुटबल संघ मकवानपुर महासचिवमा छवि सुवेदी मनोनित भएका छन् ।

जिल्ला फुटबल संघ मकवानपुर अध्यक्ष टीका लामाले मंगलबार पहिलो वैठकबाट सुवेदीलाई महासचिवको जिम्मेवारी प्रदान गरेका हुन् । वैठकले समिति कोषाध्यक्षमा अमृत लुङ्वा, सचिव सुनिल लोप्चन तथा सहकोषाध्यक्षमा अतुल बर्मालाई नियुक्त गरेका छन् । शनिबार भएको जिल्ला अधिवेशनबाट टीकाराम लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो ।

लामा मणिष श्रेष्ठलाई पराजित गर्दै अध्यक्षमा चयन भएका हुन् । अधिवेशनबाट लामाको प्यानलै विजयी भएको थियो ।