२०८० चैत्र १५, बिहीबार    

६ खेलका ६९ जना खेलाडी बन्द प्रशिक्षणमा

२०७९ चैत्र २८, मंगलबार १२:१० बजे

राष्ट्रपति रनिङशिल्ड जिल्ला प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुको बन्द प्रशिक्षणमा राखिएको छ । 

वैशाख ३ गतेबाट काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागी हुने ६९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको हो । मकवानपुर जिल्ला खेलकुद विकास समितिले ४८ जना खेलाडीका लागि आवासीयसहित र बाँकीलाई आवश्यक सुविधा दिएर बन्द प्रशिक्षण सञ्चालन गरेको हो ।

बन्द प्रशिक्षणमा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुका खेलाडीहरु रहेका छन् ।  सोमबारबाट बन्द प्रशिक्षण सुरु भएपछि मंगलबार औपचारिक सुरुवात गरिएको थियो ।

जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष भेष खड्गीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । प्रदेश खेलकुद  विकास समिति सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख माधव कोइरालालगायत उपस्थित थिए ।

खेलाडीलाई वैशाख २ गते काठमाडौं प्रतियोगितामा सहभागी लैजाने तयारी भइरहेको अध्यक्ष खड्गीले जानकारी दिए ।