२०८१ बैशाख १३, बिहीबार    

हामीले जिते साधारण कामका लागि उपमहानगरपालिका धाउनुपर्दैन : बानियाँ

२०७९ बैशाख २६, सोमबार १५:३२ बजे

सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडाको उपमेयरका उम्मेदवार राजेश बानियाँले आफूहरुले जितेको खण्डमा साधारण कामका लागि उपमहानगर धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने घोषणा गरेका छन् । उनले हेटौंडा–११ मा भएका कोणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘संविधानले स्थानीय तहलाई बलियो बनाएको छ । अधिकार उपमहानगरपालिकाको कार्यालयमा खुम्चिएको छ । अगाडिका नेतृत्वका कारण संविधानले दिएको अधिकार पनि खुम्चियो । वडाको अधिकारसमेत खुम्चाइएको थियो ।’, उलने गठबन्धन विजयी भएपश्चात्सर्वप्रथम साधारण कामको लागि जनता उपमहानगरपालिका पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने घोषण गरे ।

‘वडालाई दिइएको सबै अधिकार वडामै राखेर अघि बढ्छौं । यसो हुँदा जनताले भोग्ने समस्या आधा कम हुन्छ । हामी निर्वाचित भएपछि स्वास्थ्य, शिक्षा, कृषि, खेलकुदको समानान्तर विकास हुनेछ । व्यक्ति कहिले पनि हाबी हुनेछैन । हामी सेवकका रुपमा रहनेछौं ।’, बानियाँले भने ।

पूर्वाधारको पाटोमा राष्ट्रिय गौरवका योजना ल्याउने उनको उद्घोष छ । ‘जनताबाट लिएको राजस्व स्वास्थ्य, शिक्षा, कृषि, खेलकुद सबै क्षेत्रमा लगानी गरिन्छ । यी क्षेत्रहरुमा जनताको पहुँच बढाइन्छ ।’, उनले भने ।