२०८१ बैशाख १५, शनिबार    

उपभोक्ता मन्चको कानूनी सल्लाहकारमा ढकाल

२०८० श्रावण ११, बिहीबार २०:२४ बजे

उपभोक्ता मन्च नेपाल मकवानपुरको कानूनी सल्लाहकारमा अधिवक्ता मोहनप्रसाद ढकाल र प्रवक्तामा विजय कार्की चयन भएका छन् ।

मन्चको बिहीबार बसेको पहिलो जिल्ला कार्यसमिति बैठकले अधिवक्ता ढकाललाई कानूनी सल्लाहकार र सचिव विजय कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

उपभोक्ता मन्च मकवानपुरका अध्यक्ष सुनिल अधिकारीको अध्यक्षतामा भएको बैठकमा निवर्तमान अध्यक्ष एवम केन्द्रीय उपाध्यक्ष कुमार पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

निवर्तमान कार्यसमितिले वर्तमान कार्यसमितिलाई माइन्युट लगायतको कागजपत्र हस्तान्तरण गरेको थियो । अध्यक्ष अधिकारीले संस्थाको विधि विधान अनुसार बजार अनुगमन लगायतको कार्यलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाए । ढकाल नेपाल प्रेस युनियन मकवानपुरका कानूनी सल्लाहकार समेत हुन् ।