२०८१ बैशाख १४, शुक्रबार    

उपमहानगरको स्थापना दिवसमा २३ जना सम्मानित

२०७९ फाल्गुन १, सोमबार १८:४१ बजे

हेटौंडा उपमहानगरपालिकाले आफ्नो स्थापना दिवस पारेर विभिन्न क्षेत्रमा योगदान गर्नेलाई सम्मानित गरेको छ ।

उपमहानगरले पूर्वजनप्रतिनिधिदेखि हेटौंडाको विकासमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका २३ जनालाई सम्मानित गरेको हो ।

उपमहानगरको ५४ आंै स्थापना दिवसमा आयोजित कार्यक्रममा उपमहानगरका पहिलो प्रमुख हरीबहादुर महत, तत्कालिन हेटौंडा नगरपालिकाका २ पटकका नगर प्रमुख डोरमणी पौडेल र निरशंकर श्रेष्ठलाई सम्मान गरिएको हो । हेटौंडा नगरपालिकाका संस्थापक नगर प्रमुख बासुदेव रिजाललाई मरणोप्रान्त सम्मान प्रदान गरिएको छ ।

उपमहानगरले पत्रकारिता क्षेत्रतर्फ राममणी दाहाल, शिक्षातर्फ डेण्टीजंग शाह, वाताबरणतर्फ श्यामप्रसाद श्रेष्ठ, खेलकुदतर्फ पेमाडोल्मा लामा, सामाजिक क्षेत्रतर्फ चन्द्रबहादुर घलान, हिरादेवी दाहाल, साहित्यतर्फ तुल्सी थापा, स्वास्थ्यतर्फ वेला तुलाधर बैद्य, धार्मिकतर्फ इश्वरीप्रसाद न्यौपाने, इतिहास खोजकर्तातर्फ केदारप्रसाद न्यौपाने र शिक्षामा पहिलो महिला प्रधानाध्यापक बेली थापालाई सम्मान गरिएको हो ।

उपमहानगरले २०२६ सालमा तत्कालिन नगरपञ्चायतको पहिलो माइनुटमा हस्ताक्षर गर्ने पुष्पहरी जोशी, गोपाल शर्मा, निरशंकर श्रेष्ठ, लक्ष्मी नेपालीलाई सम्मान गरिएको । तत्कादिन हेटौंडा क्षेत्र पञ्चायतका प्रधानपञ्च बुद्धिलाल राजथलालाई मरणोप्रान्त सम्मान गरिएको थियो ।

तत्कालिन उपप्रधानपञ्च तिलकप्रसाद दुलाल, शम्भुप्रसाद भट्टराईलाई सम्मान गरिएको छ । उपमहानगरले भीमफेदीमा रहेको जिल्ला सदरमुकामलाई हेटौंडा ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै तत्कालिन मकवानपुर जिल्ला पञ्चायतका पहिलो महिला सभापती ओमूटेम्पा लामालाई सम्मान गरिएको थियो ।

वाग्मती प्रदेशका प्रदेश प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी यादवचन्द्र शर्मा, हेटौंडा उपमहानगरका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

स्थापना दिवस पारेर हेटांैडा उपमहानगरपालिकामा कार्यरत २५ बर्ष सेवा अवधि पूरा गरेका ३८ कर्मचारीलाई दीर्घसेवा पदक, नगद २५ हजार नगदसहित बारुण यन्त्र र नगर प्रहरीका ९ जनालाई कर्तव्यनिष्ठ र ९ जना उत्कृष्ठ कर्मचारीलाई नगद ७५ हजार रुपियाँसहित सम्मान गरिएको थियो ।