२०८१ बैशाख १७, सोमबार    

अन्तरकलेज क्रिकेटको फाइनलमा हेटौंडा र वीरगञ्ज

२०८० फाल्गुन २८, सोमबार १९:०४ बजे

अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा हेटौंडा स्कुल अफ म्यानेजेमेन्ट र नेशनल इन्फोटेक कलेज वीरगञ्ज, पर्सा पुगेका छन् ।

सोमबार हेटौंडा–४ स्थित हुप्रचौरमा भएको लिगचरणको अन्तिम खेलमा आ–आफ्नो समूहको शीर्ष स्थानमा रहँदै दुवै टोली अष्टकुमारी क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको हुन् । लिगचरणको खेलमा हेटौंडा सिटी कलेजले नारायणी कलेजलाई ३० रनले पराजित गरेको हो । यो दुवै टोलीलाई पराजित गर्दै म्यानेजेमन्टले फाइनलमा स्थान बनाएको थियो ।
लिगचरणको अन्तिम खेलमा पर्साले अरोमा कलेज चितवनलाई १६ रनले पराजित गरेको हो ।

हेटौंडा जेसीजको आयोजनामा जारी प्रतियोगिताको फाइनल मंगलबार हुनेछ । हेटौंडा–४, हुप्रचौरमा हुने फाइनलको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।