२०८१ बैशाख १४, शुक्रबार    

राष्ट्रपति भण्डारी हेटौंडा आउँदै

२०७९ फाल्गुन ७, आईतबार १९:२२ बजे

राष्ट्रपति विद्यादेवी भण्डारी हेटौंडा अस्पतालको नयाँ भवने उद्घाटन गर्न हेटौंडा आउने भएकी छन् । राष्ट्रपति भण्डारी फागुन ९ गते हेटौंडा आउने कार्यक्रम तय भएको हो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले आइतबार पत्रकार सम्मलेन गर्दै अस्पताल भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेटौंडा आउने तय भएको जानकारी दिएको हो ।

अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाइंका अनुसार राष्ट्रपति भण्डारी आउने कार्यक्रम तय भएसंगै तयारी तिव्र पारिएको बताए ।

राष्ट्रपति भण्डारी आउने कार्यक्रमको लागि अस्पतालको भवन वरपर सरसफाई तथा रंगरोगन, मन्च व्यावस्थापन, प्रचार प्रसार तथा सुरक्षा व्यवस्थाको कामलाई तिव्रता दिएको उनको भनाई छ ।