२०८१ माघ ६, आईतबार    

वाग्मती प्रदेशमा बजेटका सिद्धान्त र प्राथमिकता पेश

२०८१ जेठ १, मंगलबार १७:१२ बजे

वाग्मती प्रदेश सरकारले विनियोजन विधेयक–२०८१ को सिद्धान्त र प्राथमिकता सदनमा पेश गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जग्गनाथ थपलियाले मंगलबार बसेको प्रदेशसभा वैठकमा आगामी आर्थिर्क वर्ष २०८१/०८२ को बजेटको सिद्धान्त र प्राथमिकता पेश गरेका हुन् ।

उनले प्रदेशको प्रथम आवधिक योजनामा भएका नीतिहरु तथा संघीय सरकारले विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि लिनुपर्ने रणनीति, हासिल गर्नुपर्ने दिगो विकासका लक्ष्यलाई आधार मानेर सिद्धान्त र प्राथमिकता पेश गरेका जनाएका छन् । सरकारले

प्रदेशको सिद्धान्तमा कृषि कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषिको व्यवसायीकरणमा जोड दिइएको छ । प्रदेश गौरवका आयोजना, क्रमागत आयोजना, अधुरा आयोजनाहरुलाई समयमै सम्पन्न गर्न बजेट व्यवस्था गरिने, वित्तीय संघीयतालाई थप प्रभावकारी बनाउन राजस्व बाँडफाँट र वित्तीय हस्तान्तरणलाई व्यवस्थित गरी खर्चलाई सरल र सहज बनाउन समन्वय गरिने थपलियाले बताए ।

नीतिगत र संरचनागत सुधार मार्फत करका दायरा विस्तार, राजस्व चुहावट नियन्त्रण र सम्भाव्य स्रोतको खोजी गरी प्रदेशको आन्तरिक आय वृद्धि गरिन सिद्धान्तमा जोड दिइएको छ ।

विनियोजन विधेयकमा प्रदेशको संस्थागत विकास र सबलीकरण, पूर्वाधार विकास, कृषि क्षेत्रको विकासलगायत नौवटा क्षेत्र प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।

उनले सरकारको सिर्जित दायित्व भुक्तानी तथा स्रोत सुनिश्चितता भएका आयोजनाहरुमा आवश्यक बजेट प्रस्ताव नहुनु लगायतका कारणले आयोजना तोकिएको समयमा सम्पन्न हुन नसक्ने अवस्था रहेको जनाएका छन् । ‘सार्वजनिक खर्चबाट अपेक्षितरुपमा पुँजी निर्माण र रोजगारी सिर्जना गर्नु तथा सार्वजनिक खर्चको प्रभावकारिता बढाउनु चुनौतीपूर्ण रहेको छ ।’, उनले प्राथमिका र सिद्धान्तमा भनेका छन् ।