२०८१ बैशाख २२, शनिबार    

बज्राचार्यको नेतृत्वमा सुनचाँदी व्यवसायी संघ प्रदेश समिति

२०८० चैत्र ७, बुधबार १६:४३ बजे

नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमती प्रदेश सभापतिमा ज्योतिरत्न बज्राचार्य चयन भएका छन् । महासंघको तेश्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट बज्राचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको हो ।

कार्यसमितिको उपसभापतिमा रत्नसुन्दर शाक्य र यमप्रसाद विश्वकर्मा लोहनी चुनिएका छन् । यस्तै, सचिवमा सुसन शाक्य, सह–सचिवमा प्रदिपरत्न शाक्य, कोषाध्यक्षमा रमेशबहादुर शाक्य, सह–कोषाध्यक्षमा उमेशरत्न शाक्य रहेका छन् । जिल्ला तथा नगर सदस्यमा टेकबहादुर विश्वकर्मा, मोतिमान शाक्य, ताराराम मुनकर्मी र वस्तुगत सदस्यमा भीमप्रसाद पाण्डे छन् ।

नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ । सोमबार साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा नवनिर्वाचित कार्य समितिलाई निर्वाचन अधिकृत अमृत लामाले सपथग्रहण गराएका हुन् ।

साधारणसभा प्रदेश सभापति जोतिरत्न बज्राचार्यको सभाध्यक्षता तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक तेजरत्न शाक्य, महासंघका सदस्य मणिरत्न शाक्यलगायत महासंघका सदस्य, व्यवसायीहरुको उपस्थिति थियो ।