वाग्मती प्रदेशसभा बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । हेटौंडा प्रदेशसभा भवनमा बुधबार बसेको बैठकले उक्त विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।
सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले प्रदेशसभामा पास गरियोस् भनेर पेस गरेको उक्त विधेयकलाई सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेस गरेका थिए । उक्त विधेयकलाई बैठकमा उपस्थित सांसदले सर्वसम्मतले स्वीकृत गरे ।
संसद् बैठकमा मन्त्री खड्गीले पेस गरेको उक्त विधेयकको निर्णयसहितको प्रतिवेदनमाथि भने कुनै पनि सांसदले छलफलमा रुचि देखाएनन् । सभामुख पाठकले ३ मिनेटको समय निर्धारण गरी छलफलमा सहभागी हुन रुलिङ गरे पनि प्रदेशसभाका कुनै सांसद छलफलमा सरिक भएनन् ।