२०८० चैत्र १६, शुक्रबार    

समुन्नत हेटौंडा बनाउन मेयर लामाले मागिन उद्योगीको साथ

२०७९ जेठ २०, शुक्रबार १९:५० बजे

हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले हेटौंडा औद्योगिक क्षेत्रभित्र र बाहिर रहेका रुग्ण उद्योगलाई उकास्ने काम गर्न जरुरी रहेको औंल्याएकी छन् ।

उद्योगहरु थलिँदै गएको अवस्था रहेकाले उद्योग संघसंगको सहकार्यमा त्यस्ता उद्योग र व्यवसायलाई चलायमान बनाउन आवश्यक रहको बताइन् ।
उद्योग संघ मकवानपुरले स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरमा निर्वाचित जनप्रतिनिधिको लागि आयोजना गरेकास्वागत कार्यक्रमलाई लामालेसमुन्नत हेटौंडा निर्माणको लागि सबैसाग सहकार्य गरेरै अघि बढ्ने बताइन् ।

वाग्मती प्रदेशको राजधानी एकमात्र उपमहानगरपालिकालाई अव्बल बनाउादै उपमहानगर मध्य पहिलो बन्ने अभियानमा उद्योगी व्यवसायीको साथ र सहयोग आवश्यक रहेको औंल्याइन् । उनले सुन्दर उपामहानगर बनाउने अभियान थालिएको उद्योगी व्यवसायीहरुलाई जानकारी दिँदै भनिन् ‘कर्रा र कुखरेनी क्षेत्रमा सुन्दर पर्यटकिय गन्तव्य बनाउने अभियान थालिएको छ ।’ अभियानमा प्रदेश सरकारसहितको सहभागिता रहने भन्दै उद्योगस् व्यवसायीसाग थप सल्लाह गरेर अघि बढ्ने बताइन् ।

हेटौंडा उपमहानगका उपप्रमुख राजेश बानियााले उद्योगी व्यवसायीको समस्यामा उपमहानगर जोडिने बताए । सबै समस्यालाई चिर्दै उपमहानगरभित्र रहेको उद्योगमा औद्योगिक वाताबरण बनाउान उपमहानगरले सधै सहकार्य गर्ने बताए । उनले स्वदेशी उत्पादनलाई प्राथमिकता राख्दै अघि बढ्न उद्योगि व्यवसायीलाई आग्रह गरे ।

कार्यक्रममा उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेलले नवनिर्वाचित सबैलाई स्वागत गर्दै स्थानीय तह सुदृढ र सबल भए विकासको अनुभव हुने बताए ।