२०८१ बैशाख १३, बिहीबार    

कांग्रेसले बुथमै पत्याएन, स्वतन्त्रले संघको टिकट दियो : पराजुली

२०७९ भाद्र १०, शुक्रबार १३:०९ बजे

 

स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार सिफारिस भएका मकवानपुरका पुराना नेता भरत पराजुलीले कांग्रेसले बुथमै नपत्याएपनि स्वतन्त्र पार्टीले संघको टिकट दिएको प्रतिक्रिया दिए । उनले जहाँ रहेपनि जनताकै सेवा गर्ने भएकोले स्वतन्त्र पार्टीमा लागेको प्रतिक्रिया दिए ।

     ‘म गएर न कांग्रेसलाई फरक पर्छ न कोही नेतालाई नै । मलाई कांग्रेस र कांग्रेसप्रति आस्था राख्ने जनताको सधैं माया छ तर नेताले सधैं अवहेलना गर्दै आए’, निराश हुँदै पराजुलीले भने, ‘म अघि बढिसकेको छु । म पनि लामो समय कांग्रेस नै हुँ, केवल अब चुनाव चिन्ह फरक हो, कांग्रेसीहरुले पनि कहिले हैसाहथौडा कहिले कलममा भोट हालेकै हो, एकपटक मेरो लागि भोट हालिदिनुहुन अहिल्यै अनुरोध गर्न चाहन्छु ।’ नेताहरुबाट पीडित भएका धेरै कांग्रेसका नेता कार्यकर्ता अब अन्य पार्टीमा जाने अवस्था रहेको उनको चेतावनी थियो । कांग्रेसमा अब धनवाद र चाकडीमा लागेको उनको आरोप रहेको थियो ।