२०८३ बैशाख ५, शनिबार    

प्रतिभावान क्रिकेटर खोज्दै ग्रेट हिमालयन टोली हेटौंडामा

२०७९ बैशाख २७, मंगलबार १७:११ बजे

काठमाडौंको ग्रेट हिमालयन क्रिकेट एकेडेमी जुनियर क्रिकेटर प्रतिभाको खोजी गर्दै हेटौंडा आइपुगेको छ ।

मंगलबार बिहान हेटौंडाको हुप्रचौरमा एकेडेमीका श्रीलंकन प्रशिक्षक मिहिराज वासान्था जयाशंकराले मकवानपुरका ४० जना खेलाडीको प्रारम्भिक कौशल हेरका छन् । उनले केही खेलाडीलाई छनोट समेत गरेका छन् । एकेडेमीले व्यावसायिक खेलाडी उत्पादन गर्ने निजी क्षेत्रको रुपमा आफूलाई सावित गर्ने कोसिस गरिरहेको छ ।

एकेडेमीले झापा, विराटनगर, सर्लाही, धनुषा, रौतहट, बारा, पर्सापछि मकवानपुरका खेलाडी खोज्दै मकवानपुर आइपुगेको हो । छनौटमा यु–१४ समूहका १० जना, १४–१६ बर्ष उमेर समूहका १० जना, १९ बर्ष उमेर समूहका १० जना र सिनियर १० जना खेलाडीको सहभागी भएका थिए ।