२०८२ असार १, आईतबार    

सिमलटारले जित्यो ३० केजीको खसी

२०८१ आश्विन २१, सोमबार ११:१४ बजे

खेलकुद विकास समिति हेटौंडा–११, को आयोजनामा सम्पन्न वडाअध्यक्ष कप फुटबल प्रतियोगिता–२०८१ मा सिमलटार ‘ए’ च्याम्पियन भएको छ ।

आइतबार हेटौंडा–११ स्थित सिमलटार खेल मैदानमा भएको फाइनल खेलमा सिमलटार ‘बी’लाई २–० गोलअन्तरले पराजित गर्दै सिमलटार ‘ए’ विजयी भएको हो । विजेता सिमलटारले ३० केजीको खसी प्राप्त गरेको छ । उपविजेता सिमलटार ‘बी’ले २० केजीको खसीमा चित्त बुझाएको हो ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि मनोज घलानले जित्दा, उत्कृष्ट डिफेन्डर सुजन खत्री र उत्कृष्ट गोलरक्षक असर्फ शेख घोषित भए ।

आयोजक खेलकुद विकास समितिका अध्यक्ष प्रभाकर पुडासैनीको सभाध्यक्षतामा सम्पन्न भएका फाइनल खेलमा हेटौंडा–११, का वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।