२०८१ बैशाख २१, शुक्रबार    

नगर खेलकुद विकास समितिका पदाधिकारीद्वारा पदभार ग्रहण

२०८० माघ २१, आईतबार १२:४४ बजे

हेटौंडा उपमहानगरपालिकाअन्तर्गत् रहेको नगर खेलकुद विकास समितिका पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।

आइतबार हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले समितिमा नियुक्त भएका अध्यक्ष रविन्द्र घिमिरेसहितका पदाधिकारीलाई सपथ ग्रहण गराएकी थिइन् ।

उनले सपथसँगै उपमहानगरको खेलक्षेत्रको विकासमा योजनाबद्ध ढंगबाट अगाडि बढ्न निर्देशन दिइन् । ‘उपमहानगरले खेलक्षेत्रमा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ । तपाईंहरुको नियुक्तीसँगै थप सफलता हात पार्नेमा हामी आशावादी रहेका छौं ।’, उनले भनिन् ।

उपमेयर राजेश बानियाँले खेल क्षेत्रलाई थप व्यवस्थित बनाउन समितिले काम गर्नेमा विश्वास व्यक्त गरे ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंका अनुसार माघ ५ गते उनीहरुको नियुक्ती भएको थियो । उपमहानगरले अध्यक्षसहित सात सदस्यीय समिति नियुक्त गरेको थियो ।