२०८१ बैशाख १६, आईतबार    

एनआरटीमाथि वीरगञ्जको जीत

२०७९ फाल्गुन १, सोमबार १८:०७ बजे

ए डिभिजन टोली न्यूरोड टीम (एनआरटी) माथि वीरगञ्ज युनाइटेडले हेटौंडामा जारी पाँचौं संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ मा जीत हात पारेको छ ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको खेलमा एनआरटीलाई ३–२ गोलअन्तरले पराजित गर्दै वीरगञ्ज अन्तिम आठमा प्रवेश गरेको हो । वीरगञ्जको तर्फबाट कृपा चौधरीले दुई र विवेक चौधरीले एक गोल गरे । कृपाले ५० र ७४ र विवेकले २९ औं मिनेटमा गोल गरेका थिए । एनआरटीको तर्फबाट दिनेश आले र ललिनुन जामाले एक/एक गोल गरेका थिए । एनआरटीको तर्फबाट दिनेशले २३ र ललिनुनले ७८ औं मिनेटमा गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच वीरगञ्जका कृपा घोषित भए । उनले नगद दशहजार रुपैयाँ प्राप्त गरे ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा प्रतियोगिता भएको हो ।