२०८१ बैशाख १५, शनिबार    

मेयर कपका उत्कृष्ट खेलाडीको वीमा

२०८० असार १९, मंगलबार १९:३८ बजे

मेयर कप फुटबल प्रतियोगिता–२०८० का उत्कृष्ट खेलाडीको जीवन वीमा गरिएको छ । 

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो मेयर कप वडास्तरीय फुटबल प्रतियोगिताका उत्कृष्ट खेलाडीको ५ बर्षे वीमा गरिदिएको हो ।

जेठ १५ देखि २७ गतेसम्म हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालमा सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका हेटौंडा–१५ का रितेश श्रेष्ठको कम्पनीले ५ लाख बराबरको वीमा गरीदिएको हो । प्रतियोगिता सञ्चालनको क्रममा कम्पनीले उत्कृष्ट खेलाडीको वीमा गरिदिने घोषणा गरे अनुसार मंगलबार वीमा पत्र हस्तान्तरण भएको हो ।

नगर प्रमुख मीनाकुमारी लामाले समाजिक भूमिकामा निजी क्षेत्र लाग्नु खुशीको कुरा भएको बताइन् । उपमहानगरपालिका खेलकुद क्षेत्रको विकासका लागि चालु वर्षमा ६ करोडभन्दा बढी बजेट खर्च गरेको बताइन् ।