२०८१ बैशाख १४, शुक्रबार    

प्रख्यात गायक कृष्णकुमार कुन्नथ(केके)को निधन

२०७९ जेठ १८, बुधबार १५:०० बजे

 कोलकातामा लाइभ कन्सर्ट गाइरहँदा हृदयघातका कारण ५३ वर्षको उमेरमा उनको निधन भएको हो ।

सन् १९६८ अगष्ट २३ मा एक हिन्दु मलयाली माता­पिता सीएस मेनन र कुनाथ कनकवल्लीको घर नयाँदिल्लीमा जन्मिएका उनले पाश्र्वगायनमा आउनुअघि झन्डै ३ हजार ५ सय जिंगल गाएका थिए ।


उनले सन् १९९९ को विश्वकप क्रिकेटको समयमा भारतीय क्रिकेट टिमको समर्थनका लागि ‘जोश अफ इण्डिया’नामको गीत गाएका थिए । म्यूजिक एलबम ‘पल’बाट गायकका रुपमा करियर सुरु गरेका उनले त्यसपछि मात्र बलिउडमा पाइला चाले ।

विज्ञापनमा काम गर्दागर्दै उनलाई‘माचिस’ फिल्मको ‘छोड आए हम वो गलिया’मा काम गर्ने अवसर मिल्यो । गाउन दुई लाईन मात्रै भए पनि विशाल भारद्वाजको फिल्म थियो । त्यसपछि एआर रहमानले फिल्म ‘सपनेमे’ मौका दिए । यद्दपी उनले आफूलाई चिनाउने गीत भने सन् १९९९ मा ‘हम दिल दे चुके सनम’का लागि ‘तडपतडप के इस दिलसे’ गाए ।

सलमान खान र ऐश्वर्या रायको लभ स्टोरीको चर्चाकै बीच आएको यो गीतले दर्शकको मनमा छुटै स्थान बनायो । ‘सामान्यतया यस्ता गीतका लागि संगीतकारले कुनै राम्रो र सिनियर गायकलाई मात्रै लिन्थे । तर स्माइलले मलाई विश्वास गरे । विश्वास गरेपछि मैले मनले गाए । गीत निकै हिट भयो’ केकेले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन् । यसपछि बलिउडको प्लेब्याक गायनमा केके सबै संगीतकारको प्राथमिकतामा पर्न थाले ।