२०८१ बैशाख १३, बिहीबार    

फिल्म 'जारी'को ट्रेलर सार्वजनिक

२०७९ चैत्र १२, आईतबार ११:१९ बजे

नेपाली चलचित्र 'जारी'को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमीच ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मका निर्देशक उपेन्द्र सुब्बाका अनुसार यो फिल्म लिम्बू समुदाय र यसको सांस्कृतिक सौन्दर्यमाथि बनेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले विभिन्न समुदाय सम्बन्धी चलचित्रले आफूलाई धेरै मनोविज्ञान जानकारी भएको बताए । उनले समुदायको भावना र मर्म बुझ्न चलचित्र अभिनय गर्दा सहयोग पुगेको बताए ।

निर्देशक सुब्बाले यो फिल्म लिम्बू समुदायमा श्रीमानद्वारा पीडित युवतीले स्वेच्छाले अर्को जीवनसाथी रोज्ने विषयमा केन्द्रित रहेको बताए । यस्तै अभिनेत्री मिरुना मगरले फिल्मप्रति आफ्नो व्यक्तिगत लगाव रहेको र भोग्दै आएको कथावस्तुमा अभिनय गर्न पाउँदा खुसी लागेको बताइन् ।

फिल्म 'जारी'मा फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङ लगायतका कलाकाकरको अभिनय छ । फिल्म वैशाख १ गतेबाट प्रदर्शनमा आउने बताइएको छ । फिल्मको निर्देशनसँगै लेखन पनि उपेन्द्र सुब्बाले गरेका हुन् ।