२०८१ बैशाख १६, आईतबार    

गठबन्धनले मिलेरै हातहातमा लालपुर्जा : छिन्तु

२०७९ कार्तिक १८, शुक्रबार १९:५६ बजे

सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (क) का उम्मेदवार माओवादी केन्द्रका नेता प्रेमबहादुर पुलामी छिन्तुले चुनावपछि गठबन्धन सरकार र नेताहरु मिलेर हातहातमा लालपुर्जा पु¥याउने प्रतिबद्धता जनाएका छन् ।

धियाँलमा भएको कार्यक्रममा उनले सुकुम्बासी समस्या समाधान गर्दै हरेकको जग्गाधनी पुर्जा पु¥याउने योजना रहेको बताएका हुन् । गठबन्धनले नेतृत्व गरेको मकवानपुरको बागमती गाउँपालिमा सुकुम्बासीलाई पुर्जा वितरण सुरु भैसकेको स्मरण गर्द उनले अब सबै पालिकामा यो कार्य अघि बढ्ने बताएका हुन् । यसअघि जनताको मत लिएर गएको एमालेले नेपालमा हरेक महिना हरेक दिन संसद भवनमा अप्रिल फुल मनाएको उनको आरोप थियो ।

‘म संगै यो क्षेत्रबाट निर्वाचन जितेका अर्का सांसद् कालो सिसा भएको गाडीबाटै हराए’, छिन्तुले भने, ‘एमालेले ६ जना उम्मेदवार उठाउँदा एकजना पनि महिला उम्मेदवार उठाउन सकेको छैन । गठबन्धनले २ जना महिलालाई उम्मेदवार बनाएको छ । यो पटक संघ र हरेक प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित छ ।’ गठबन्धबाट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई मत माग्दै उनले संघीय ‘पावरफुल’ मन्त्रालयको जिम्मेवारी पाउनसक्ने नेतालाई चिन्न र चुन्न उनले आग्रह गरे ।

निर्वाचन परिचालन समिति बकैया २ संयोजक अशोक जिम्बाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका जिल्ला सहसचिव ईन्दिरा न्यौपाने, संघीय सभापति दामोदर खनाल, क्षेत्रीय सभापति सुशान्त श्रेष्ठ, माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य ललित घलान, कांग्रेस महासमिति सदस्य दिनेश उपाध्याय, माओवादी केन्द्रका प्रदेश समिति सदस्य सुमन पाख्रीन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।