२०८१ बैशाख १५, शनिबार    

हेटौंडामा तरकारीको विषादी परीक्षण गरिने

२०८० जेठ ३१, बुधबार १९:३४ बजे

विभिन्न स्थानबाट हेटौंडा भित्र्ने तरकारीको परीक्षणका लागि वाग्मती प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकालाई मेसिन हस्तान्तरण गरेको छ ।

जिल्ला भित्र तथा बाह््य जिल्लाबाट बिक्रीका लागि आउने तरकारीमा बिषाधीको मात्रा परीक्षणका लागि वाग्मती प्रदेश सरकारको कृषि मन्त्रालयले हेटौंडा उपमहानगरपालिकालाई मेसिन हस्तान्तरण गरेको हो ।

मन्त्रालयले उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामालाई उपभोक्ताले विषाख्त खानेकुरा खान नपरोस भन्ने उद्देश्यसहित तरकारीको परीक्षणका लागि मेसिन दिएको बताइएको छ । मेसिनले तरकारीमा प्रयोग भएको बिषाधीको मापन गरी खान योग्य र अयोग्य छुट्याउने छ । मेसिन हेटौंडा–११ थानाभ¥याङमा निर्माणको अन्तिम चरणमा रहेको तरकारी थोक बजारमा राखेर परीक्षण गरिने बताइएको छ ।

हेटौंडा उपमहानगरपालिका र वाग्मती प्रदेश सरकारको लगानीमा थानाभ¥याङमा थोक तरकारी बिक्री केन्द्र निर्माणको चरणमा रहेको छ । आउँदो चैत्रसम्ममा निर्माण सम्पन्न गर्ने गरी केन्द्रमा निर्माणको काम भइरहेको छ ।