२०८१ बैशाख २२, शनिबार    

लागूऔषधसहित चिल्ड्रेनपार्कबाट चारजना पक्राउ

२०७९ श्रावण १६, सोमबार १६:०० बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले दुईजना महिला र दुईजना पुरुषलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले हेटौंडा–४, चिल्ड्रेनपार्कस्थित चौतारी होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले हेटौंडा–२ का  ४९ वर्षीय राजेश श्रेष्ठ, हेटौंडा–४ का ५४ वर्षीय रामकाजी श्रेष्ठ, हेटौंडा–१३ की २६ वर्षीयाा आहाना भन्ने अल्बिना तामाङ र हेटौंडा–१२ घर भइ हाल हेटौंडा–११ मा डेरामा बस्ने २५ वर्षीया  इशा घलानलाई पक्राउ गरेको हो ।

 प्रहरीले उनीहरुको साथबाट १३ बोतल कोरेक्स फेला पारेको जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।