२०८१ बैशाख १५, शनिबार    

मनहरीमा एमालेले टुंग्यायो सवै वडाको उम्मेदवार

२०७८ चैत्र २५, शुक्रबार १४:३८ बजे

मकवानपुरको मनहरी गाउँपालिकामा प्रतिपक्षी दल नेकपा एमाले वडा अध्यक्षहरुको नामको टुंगो लगाएको छ । वैशाखा ३० गतेका लागि तोकिएकोस्थानीय तहको निर्वाचनका लागि एमाले मनहरीले वडा अध्यक्षहरुको प्रारम्भिक नाम सिफारिस गरेको हो ।

एमाले मनहरीका अध्यक्ष नवीन सुवेदीका अनुसार मनहरी गाउँपालिका–१ को अध्यक्षमा चार जनाको नाम सिफारिस भएको छ । मनहरी–१ को वडा अध्यक्षका लागि भीमसेन अधिकारी, विशाल लामा, कोषक विष्ट र देवराज भण्डारीको नाम सिफारिस भएको हो । मनहरी गाउँपलिका २ नम्बरका वडा अध्यक्षका लागि निमा लामा सर्वसम्मत भएका छन् । ३ नम्बर वडाका वडा अध्यक्षका लागि मानबहादुर बल, अनिल पुडासैनी र उद्धव मल्लको नाम सिफारिस भएको छ ।

४ नम्बर वडाका लागि रविन ढकाल सर्वसम्मत छनौट भएका छन् । ५ नम्बर वडाका लागि किशोर बर्तौला र सोमनाथ रुम्बाको नाम सिफारिस भएको छ । ६ नम्बर वडामा गोपीलाल मोक्तान, ७ नम्बरमा नारायण सिंह घिसिङ, ८ नम्बरमा पुस्कर सुवेदी र ९ नम्बर वडामा लक्ष्मण उप्रेती सर्वसम्मत छनौट भएका छन् ।

आगामी जिल्ला कमिटी वैठकबाट सवै वडाको उम्मेदवार टुंगो लाग्नेछ । एकजनाभन्दा बढी सिफारिस भएको हकमा जिल्ला कमिटीले निर्णय गर्ने व्यवस्था रहेको छ ।