२०८१ बैशाख २१, शुक्रबार    

नेविसंघ हेटौंडा कार्यवाहक अध्यक्षमा फुयाँल

२०८० भाद्र २३, शनिबार १५:२६ बजे

नेपाल विद्यार्थी संघ नगर कार्यसमिति, हेटौंडाको कार्यवाहक अध्यक्षको जिम्मेवारी विवेक फुयाँललाई दिइएको छ ।

शुक्रबार नगर अध्यक्ष दीपेन्द्र तिवारीले फुयाँललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

तिवारीले नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधित विधान २०७५ बमोजिम फुयाँललाई नेपाल विद्यार्थी संघ नगर कार्यसमिति हेटौंडाको अधिकारसम्पन्न कार्यवाहक अध्यक्षमा मनोनयन गर्दै जिम्मेवारी पत्र प्रदान गरेका थिए ।