२०८१ बैशाख २२, शनिबार    

सन्दिप लामिछाने अर्को विदेशी लिगमा अनुबन्धित

२०७९ भाद्र ४, शनिबार ०८:५३ बजे

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले र श्रीलंका क्रिकेट टोलीका स्टार लेगस्पिनर वानिन्दु हसरंगा युएई क्रिकेट बोर्डले आयोजना गर्ने इन्टरनेसनल लिग २० प्रतियोगिता डेजर्ट भाइपर्सबाट सँगै खेल्ने भएका हुन् ।

भाइपर्सले टोली घोषणा गर्दा विश्व क्रिकेटका वर्तमान समयका उत्कृष्ट लेगस्पिनर वानिन्दु र एसोसिएट स्टार सन्दीप एकै टोलीमा परेका हुन् । दुबै लेग स्पिनर हुँदा सन्दीपले तुलनात्मक रुपमा कम अवसर पाउन सक्छन् । त्यो समय श्रीलंकाको अन्तर्राष्ट्रिय सिरिज जुधेमा भने सन्दीपले बढी अवसर पाउन सक्ने सम्भावना पनि रहन्छ ।

हरेक टोलीले दुई एसोसियट खेलाडी अनिवार्य रुपमा लिनुपर्ने हुन्छ । सन्दीप र नामिबियाका रुबेन ट्रम्पलम्यानलाई भाइपर्सले टोलीमा अनुबन्ध गरेको हो । ६ फ्रेन्चाइजले नै आफ्नो टोली घोषणा गर्दा सन्दीप बाहेक अन्यले स्थान पाउन सकेनन् । सन्दीप मार्की खेलाडी हुँदा टोलीमा विक्ने यसअघिनै पक्कापक्की थियो ।भाइपर्स लान्सर क्यापिटलको स्वामीत्वमा रहेको टोली हो । टोलीको मुख्य प्रशिक्षकमा इंग्ल्यान्डका पूर्व क्रिकेटर जेम्स फोस्टर र टम मुडी क्रिकेट निर्देशकको रुपमा छन् । यस लिगमा सहभागी टोलीले लिग अवधिभरका लागि १८ खेलाडी अनुबन्धन गर्न पाउँछन । जसमा ४ जना यूएईका खेलाडीसँगै २ जना एसोसिएट खेलाडी हुनुपर्ने नियम छ । हरेक खेलको प्लेइङ ११ मा दुई जना यूएई र एकजना एसोसिएट टोलीका खेलाडी अनिवार्य हुनुपर्ने प्रावधान छ ।

प्रतियोगिता २०२३ को आगमी जनवरी फेब्रुअरीमा हुनेछ । त्यो समयमा नेपालले आइसिसी विश्वकप लिग २ मा अन्तिम दुई त्रिकोणात्मक सिरिज खेल्ने सम्भावना पनि छ । त्यस्तै प्रतियोगिता अष्ट्रेलियाको बिबिएल र बंगलादेशको बिपिएलसँग जुध्ने सम्भावना छ । प्रतियोगितामा कुल ३४ खेल हुनेछन् । यसका लागि दुबई, अबुधावी र शारजाहको मैदान प्रयोग हुनेछ ।