२०८१ बैशाख १७, सोमबार    

आफै लुकेर अपहरणको नाटक गर्ने एकजना पक्राउ

२०८० भाद्र १०, आईतबार १९:०३ बजे

आफै लुकेर अपहरणको नाटक गर्ने एकजनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बस्ने ४६ वर्षका कुमार प्रजा प्रहरी नियन्त्रणमा लिएको हो । उनी आफै लुकीछिपी बसी अपहरण भएको भनेर प्रहरीलाई समस्या पार्दै आएका थिए । प्रजा भदौ ३ गते विहानको समयदेखी आफ्नो घरबाट हराइएको र परिवार सँग सम्र्पकविहीन भएका थिए ।

प्रजा र सोही ठाउँमा बस्ने निर्मल भन्ने सानु बाबु रुम्बो बीच आर्थिक लेनदेन रहेको र वादविवाद भएपछि उनको पत्नी आइतीमाया चेपा«ङले निर्मल भन्ने सानुबाबु रुम्बाले श्रीमानलाई बेपत्ता पारी अपहरण गरेको आरोप लगाउँदै खोजतलास गरी दिन र आवश्यक कारबाही माग गरी प्रहरी निवेदन दर्ता गराएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक सीताराम रिजालले बताए ।

इलाका प्रहरी मनहरीले कुमार प्रजाको हुलियाका साथ खोजतलास तथा निजको बारेमा गोप्य रुपमा अनुसन्धान गर्दा श्रीमती र अन्य परिवारका सदस्यहरुसँग निरन्तर टेलिफोन सम्पर्कमा रहेको समेत खुल्न आएको रिजालले बताए । प्रहरीले प्रजालाई मनहरी गाउँपालिका वडा ४ नयाँबस्तीस्थित सुर्य बहादुर प्रजाको घरमा आफै लुकीछिपी बसेको पाइएको थियो ।

प्रजालाई सूर्यबहादुर प्रजाको घर नजिकै रहेको अनुग्रह चर्चमा फेला पारी आइतबार विहान नियन्त्रणमा लिइएको रिजालले बताए । प्रहरीले तपाई आफै घरबाट निस्की आफै लुकीछिपी बसी किन अपहरण भएको भनि झुट्टो अफवाह फैलाउनु भएको भनी सोध्दा प्रजाले विभिन्न अश्लिल शब्दहरु बोल्दै वादविवाद गरी अभद्र व्यवहार गरेको रिजालले बताए ।