२०८१ मंसिर २९, शनिबार    

भेस्पा /अप्रिलाको नयाँ शोरुम जोशी अटोमोबाइल्स सञ्चालनमा

२०८१ श्रावण १७, बिहीबार १५:४५ बजे

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० रुद्रपथस्थित मार्गमका डेल्टा अटोकप प्रालिले विहीबारबाट नयाँ शोरुम जोशी अटोमोबाइल्स सञ्चालनमा ल्याएको छ ।

हेटौंडा क्षेत्रमा बढ्दै गएको भेस्पा /अप्रिला स्कुटरको माग र देशभर सेल्स सर्भिस र स्पेयर्स पार्टस उपलब्ध गराउने उदेश्यले नयाा डिलरसीप सुरु गरिएको कम्पनीले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकी मेयर मिना कुमारी लामा र जोशी अटोमोबाइल्सका निर्देशक निता श्रेष्ठले संयुक्त रुपमा सोरुमको उद्धाटन गरेका हुन् । उद्घाटन गर्दै उपमहानगरपालिकी प्रमुख लामाले नयाा सोरुमले हेटौंडामा भेस्पा र अप्रिला जस्ता विश्व प्रसिद्ध गुणस्तरीय स्कुटरको सुलभ पहुाच प्रदान गर्ने र हेटौंडामा रोजगारीको सृजना गरी आर्थिक सम्वृद्धिमा योगदान पुर्‍याउने विश्वास लिएको बताइन् ।

उद्घाटन अफरअन्तर्गत् यो हप्ता शोरुमबाट ग्राहक एवम् उपभोक्ताहरुले भेस्पार अप्रिला खरिद तथा एक्सेन्च गर्दा १० हजार रुपौया छुट र भेस्पाअप्रिला ब्रान्डेड हेलमेट र किरिङ प्राप्त गर्न सकिने जोशी अटोमोबाइल्सका निर्देशक निता श्रेष्ठले जानकारी दिईन ।

शोरुममा २ लाख ८८ हजार ९ सय देखि सुरु भएर ४ लाख ६५ हजार ४ सय सम्मको मुल्यका विभिन्न मोडलहरु बिक्रिमा राखिएका छन् ।