२०८१ जेठ ४, शुक्रबार    

तेस्रो स्थानको लागि नेपालले आज ओमनसँग खेल्दै

२०७८ फाल्गुन १२, बिहीबार १०:११ बजे

अष्ट्रेलियामा यसै वर्ष हुने विश्वकपमा छनोट हुन असफल भएको नेपालले क्वालिफायरको तेस्रो स्थानका लागि खेल्न लागेको हो । ओमान पनि यसपटक विश्वकपमा छनोट हुन सकेन ।
दुवै टोली सेमिफाइनलमा पराजित हुादै विश्वकपको होडबाट बाहिरिएका थिए ।

फेरि विश्वकप खेल्ने लक्ष्यका साथ ओमान पुगेको नेपाल यसपटक लक्ष्यमा सफल हुन सकेन । नेपाल र ओमानबीचको खेल अल अमेरातमा नेपाली समय अनुसार  दिउँसो ३:४५ बजे सुरु हुनेछ । मंगलबार भएको सेमिफाइनलमा नेपाल यूएईसाग र ओमान आयरल्याण्डसाग पराजित भएको थियो ।


यूएई र आयरल्याण्ड भने क्वालिफायरको फाइनल पुग्दै अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हाने टी–२० विश्वकपका लागि छनोट भएका छन् ।
आजै यी दुई टोलीबीच क्वालिफायरको उपाधिका लागि पनि प्रतिस्पर्धा हुनेछ ।