२०८१ बैशाख १५, शनिबार    

पदमपोखरीलाई पराजित गर्दै मकवानपुर च्याम्पियन

२०८० मंसिर १३, बुधबार १८:५१ बजे

हेटौंडा च्यालेन्ज कपको युथ–२१ फुटबल प्रतियोगिताको उपाधि एन्फा मकवानपुरलले जितेको छ ।

बुधबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाइनलमा रयल स्टार क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै मकवानपुर विजयी भएको हो । पहिलो हाफमा एक गोल गरेको एन्फा मकवानपुरले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

१४ वटा क्लवको सहभागिता रहेको प्रतियोगिताको विजेता एन्फा मकवानपुरले एकलाख ११ हजार ११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता भएको रियल स्टारले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ ।

फाइनल खेलको म्यान अफ द म्याच एन्फा मकवानपुरका अनिष महर्जन भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टिम एन्फा मकवानपुरका मोहित गुरुङ, उत्कृष्ट गोलरक्षक कृषल मोक्तान, मिडफिल्डर रितेश श्रेष्ठ र फरवार्ड प्रितम स्याङ्बो र उत्कृष्ट प्रशिक्षक विजयलाल श्रेष्ठ घोषित हुादा उत्कृष्ट डिफेण्डर रियल स्टारका उर्गेन रुम्बा चुनिए ।