२०८१ बैशाख २४, सोमबार    

अष्टलक्ष्मी शाक्य भन्छिन् : कार्यकर्ता बढाउन मुख्यमन्त्रीले रकम बाँडे

२०७८ फाल्गुन ३०, सोमबार १३:२० बजे

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले वाग्मती प्रदेश सरकार स्वेच्छाचारी र संविधानविरोध गतिविधि गर्दै अगाडि बढिरहेको आरोप लगाएकी छन् ।

सोमबारको प्रदेशसभा वैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाइन् । पूर्वमुख्यमन्त्री समेत रहेकी शाक्यले प्रदेश सरकारले ५ लाख रुपैयाँको योजना पार्टीमा कार्यकर्ता बढाउन मुख्यमन्त्री राजेन्द्र राजेन्द्र पाण्डेले वितरण गरेको आरोप लगाइन् । उनले नयाँ पार्टीमा कार्यकता बढाउन सरकारले गलत काम गरेको बताएकी हुन् ।

‘सरकार र रकम चलाउन पायोभन्दैमा जे नि गर्न मिल्छ रु ५ लाखले के योजना पूरा हुन्छ रु यो कार्यकर्तालाई खुशी बनाउन दिने रकम मात्र हो । प्रदेशको ५ लाखको दरले योजना वितरण गर्ने नाममा कार्यकर्तालाई पैसा बाँड्न मिल्छ रु नयाँ पार्टी जनताले बनाउने विषय हो । पैसाले होइन । मुख्यमन्त्री ज्यू धेरै चिन्ता नगर्नुस् रु कार्यकर्तालाई खुशी बनाउन पैसा बाँड्ने काम नगर्नुहोला । अनुशासनहिन काम नगर्नुहोला । मितव्ययी, पारदर्शीता, संस्कारयुक्त सोच र आर्थिक प्रणालीको विकास हामीले गर्नुपर्छ ।’, उनले भनिन् ।

सुरुङमार्ग र विद्युतीय बस सञ्चालनको विषयमा प्रतिपक्षीसँग सहमति नगरी बजेट नकटाउन उनले आग्रह गरिन् । ‘आफ्नो खुशीले रकमान्तर र हटाउने काम अहिले नगर्नुहोला ।’, उनले सरकारले चारसय जना कर्मचारी एकैपटक मेरो र तेरो आधारमा सुरुवा भएकोभन्दै विरोध जनाइन् । शाक्यले अघिल्लो सरकारले गरेको राजनीति नियुक्त खारेज नगर्न र कर्मचारीलाई दबाब दिएर राजनीनामा दिन नलगाउन समेत सुझाइने ।