वाग्मती प्रदेश सरकारले सोमबार प्रदेशसभामा पेस हुने आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सरकारले सदनमा पेस गर्ने नीति तथा कार्यक्रम पारित गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार दिउँसो ३ बजे बस्ने प्रदेशसभा वैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सरकारले कृषि, प्रविधि, पर्यटन, शिक्षा र रोजगारी प्राथमिकतामा राखेर नीति तयार पारेको जनाएको छ ।