२०८१ जेठ ५, शनिबार    

रिद्धिसिद्धि सिमेन्ट उद्योगको गाडीमा आगजनी

२०७८ फाल्गुन १६, सोमबार १३:३९ बजे

मोटरसाइकलमा आएको एक समूहले रिद्धिसिद्धि सिमेन्टको बल्करमा पेट्रोल छर्केर आगजनी गरिदिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिएका छन् । । सोमबार बिहान ११ बजेको समयमा प्रदेश ३–०३–००१ ख ०१७५ नम्बरको बल्करमा आगजनी गरिएको हो ।
३ जनाको समूह मोटरसाइकलमा आएर तोडफोड र आगजनी गरेर फरार भएको भनी बल्कर चालकले जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको हो । यस्तै सोमबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९, बस्तीपुरमा ना ६ ख ३४९१ नम्बरको ट्रकको सिसा फुटाइएको प्रहरीले जनाएको छ ।