२०८१ बैशाख १५, शनिबार    

मकवानपुरका तीनजना युथ १६ को राष्ट्रिय टोलीमा

२०८० भाद्र ४, सोमबार १६:३५ बजे

मकवानपुरका तीन जना युथ १६ राष्ट्रिय पुरुष फुटबल टोलीमा छनौट भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको १६ वर्ष उमेर समूह यु–१६ को राष्ट्रिय टिममा मकवानपुरका ३ खेलाडी समावेश भएका हुन् । बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीमध्येबाट सोमबार एन्फाले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको हो ।

भदौ १५ गतेदेखि भदौ २४ गतेसम्म भुटानमा हुने यु–१६ साफ फुटबल प्रतियोगितामा सहभागी हुने राष्ट्रिय टिममा मकवानपुरका विशेष बानियाँ, भुवन कामी र सन्तोष गोङ्बा समेटिएका छन् । नेपाल अघिल्लो संस्करणको उपविजेता टिम पनि हो ।

राष्ट्रिय टिममा समेटिएका मकवानपुरका तीनैजना ए डिभिजन क्लबमा आवद्ध छन् । गोलरक्षक विशेष बानियाँ र फरवार्ड सन्तोष गोङ्बा ए डिभिजन क्लब न्युरोड टिम एनआरटीमा आवद्ध छन् भने डिफेन्डर भुवन कामी त्रिभुवन आर्मी फुटबल क्लबमा आवद्ध छन् ।

हेटौंडा–२ बनस्खण्डीका विशेष ३ वर्षदेखी एन्फाको युथ परियोजनाअन्तर्गत न्युरोड टिम एनआरटीको युथ एकेडेमीमा आवद्ध खेलाडी हुन् । उनी ल्याबोरेटरी स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् ।