२०८१ बैशाख २७, बिहीबार    

जिल्ला बक्सिङ्ग संघलाई खेल सामग्री हस्तान्तरण

२०७८ फाल्गुन १, आईतबार १७:५० बजे

हेटौंडा/ मकवानपुर जिल्ला बक्सिङ्ग संघलाई करिव एकलाख ५० हजार रुपैयाँ बराबरको खेल सामग्री सहयोगस्वरुप प्रदान गरिएको छ ।

हेटौंडा–४ स्थित कभर्ड हलमा बक्सिङ्ग प्रशिक्षण गर्ने खेलाडी र युनिक बक्सिङ क्लब हेटौंडा–१४ का खेलाडीलाई हेटौंडा उपमहानगरपालिका–१४ का वडाअध्यक्ष दीपक खड्काले करिब ८० हजार रुपैयाँ बराबरको खेल सामग्री सहयोगस्वरुप हस्तान्तरण गरेका हुन् । उक्त खेल सामग्री बक्सिङ्ग संघ अध्यक्ष दीपेश जोशीलाई वडाअध्यक्ष खड्काले हस्तान्तरण गरेका थिए ।

जिल्लाका पूर्वबक्सिङ्ग प्रशिक्षक हाल अमेरिका निवासी ध्रुवलाल श्रेष्ठले करिब ४० हजार रुपैयाँ बराबरको र हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले करिब ३० हजार रुपैयाँ बराबरको सहयोग संघलाई उपलब्ध गराएका हो ।

हेटौंडा–४ स्थित कभर्ड हलमा बक्सिङ्ग संघ जिल्ला उपाध्यक्ष सुशील घिमिरे, उज्ज्वल शर्मा भण्डारी, जिल्ला खेलकुद विकास समिति मकवापनुर सचिव राजन दाहाल खुशराज, प्रशिक्षक लालबहादुर पौडेल तथा युनिक बक्सिङ्ग क्लब अध्यक्ष गोकुल मोक्तानको उपस्थितिमा खेल सामग्री हस्तान्तरण गरिएको थियो ।