२०८१ बैशाख १७, सोमबार    

हेटौंडा भेट्रान्स कप यसै महिना

२०८० फाल्गुन १, मंगलबार १८:३१ बजे

हेटौंडा भेट्रान्स क्लबको आयोजनामा यसै महिना नवौं राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साईड रनिङ सिल्ड फुटबल प्रतियोगिता हुने भएको छ ।

हेटौंडा ४ स्थ्ति हुप्रचौरमा फागुन २२ गते सुरु हुने प्रतियोगितामा २२ टोलीको सहभागिता रहने मंगलबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा क्लबका कार्यवहाक अध्यक्ष नवराज बज्राचार्यले जानकारी दिए ।

प्रतियोगितामा ४५ वर्ष पुरा भएका खेलाडीको सहभागिता रहने र हरेक टोलीले अनिवार्य ५० वर्षभन्दा माथिका खेलाडीलाई समावेश गर्नुपर्ने प्रतियोगिताका संयोजक प्रशान्त पाख्रिनले जानकारी दिए । गत वर्ष पोखराको एबिसी भेट्रान्स क्लबले उपाधि जितेको थियो ।

यसपटक प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।