रोटरी क्लब अफ हेटौंडाले नेपाली क्रिकेट टिमको पूर्वराष्ट्रिय प्रशिक्षक तथा वर्तमान यु–१९ टिमका प्रशिक्षक जगतबहादुर टमाटालाई १ लाख राशीसहित सम्मान गरेको छ ।
बुधबार हेटौंडामा रोटरी क्लब अफ हेटौंडाले भोकेसनल एक्सिलेन्स अवार्ड प्रदान गरेको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्क्री कुमारी मोत्तानले टमाटालाई सम्मान गरेका हुन् ।
रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष स्वागत राज प्याकुरेलको अध्यक्षता तथा मन्क्री मोत्तानको प्रमुख आतिथ्यमा सम्मान समारोह भएको हो । क्रिकेट खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै रोटरीले टमाटालाई सम्मान गरेको हो । टमाटाकै प्रशिक्षणमा नेपाली यु–१९ क्रिकेट टिम ५ पटक विश्वकपमा सहभागी हुन सफल भएको थियो । रोटरी क्लब अफ हेटौंडाको भोकेसनल एक्सिलेन्स अवार्ड प्राप्त गर्ने टमाटा छैठौं व्यक्ति हुनुहुन्छ । यसअघि डेन्टीजंग शाह, प्राडा. बसन्त विडारी, फिफा रेफ्री कल्पना शर्मा, प्रा.डा. गोपालरमण शर्मा र प्रा.डा. प्रेमराज वैद्य सम्मानित भइसकेका छन् ।
यसै बर्षदेखि रोटरी क्लबले सम्मानको राशी बढाएको हो । यसअघि २५ हजार रुपैयाँ रहेको सम्मान राशी यस बर्षदेखि एक लाख रुपैयाँ पुर्याइएको हो । सम्मानपछि क्रिकेट प्रशिक्षक टमाटाले सम्मानमा प्राप्त एक लाख रुपैयाा मध्ये ५० हजार रुपैयाा मकवानफुर जिल्ला क्रिकेट संघलाई हस्तान्तरण गर्ने घोषणा गरे ।
सम्मान कार्यत्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडार्इं, ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अञ्जनी पराजुली, रोटरी क्लब अफ हेटाौडाका पूर्वअध्यक्षहरुको पनि आतिथ्य रहेको थियो । (समृद्ध समाजबाट)